राजनीति

कांग्रेसबाट राष्ट्रियसभा सदस्य भएका जितेन्द्र देव एमालेमा प्रवेश

नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य भएका  जितेन्द्र देव सोमबार एमालेमा प्रवेश गरेका छन्।एमालेको ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा देव एमालेमा प्रवेश गरेका हुन्।

एमालेबाट राजनीति सुरु गरेका देव  फोरम नेपाल,फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा लागेका थिए। फोरम लोकतान्त्रिकबाट  जितेन्द्र  देव संविधानसभा सदस्यसमेत बनेका थिए। फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि विजय गच्छदारसँगै देव पनि कांग्रेसतिर गएका थिए। कांग्रेसबाट गच्छदारकै कोटामा देव राष्ट्रियसभा सदस्य भएका हुन। 

देवको राष्ट्रियसभा सदस्यको कार्यकाल २०८० माघ २० मा सकिएको थियो। राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि उनी कांग्रेसमा निष्कृय थिए।  

प्रकाशित: १७ असार २०८१ १८:२० सोमबार

#uml #Nepali Congress #Member of the National Assembly #Jitendra Dev