राजनीति

बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग

प्रतिनिधि सभाका सदस्य शान्ति बि.क.ले बलात्कार घटनाका अपराधीलाई कठोर कानूनी कारबाही गर्न सरकारसँग माग गरेकी छिन्।

सोमवारको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १२ को एक विद्यालयमा शिक्षकले नाबालिकालाई बलात्कार गरेको भन्दै कडा कारबाही गर्न माग गरिन्।

उनले विद्यालय जस्तो पवित्र स्थलमा समेत बालिकाहरू सुरक्षित हुन नसकेका भन्दै कडा कानूनी व्यवस्था गर्नुपर्ने बताइन्।

पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घट्ना नदोहोरिनका लागि सरकारले कडा कदम चाल्नुपर्ने उनको भनाइ छ।

यस्तै प्रतिनिधि सभा सदस्य विनिता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदंगा गरेर अशान्ती मच्चाएका भन्दै कानूनी दायरामा ल्याउन माग गरेकी छिन्।

प्रतिष्ठान घेराउ गर्ने तथा अमर्यादित काम गर्ने गरिएको भन्दै काँग्रेस नेताहरुकै संलग्नतामा अस्पतालको भविष्य धरापमा पारिएको बताइन्।

उनले स्वास्थ्यकर्मी र कर्मचारीहरूको सुरक्षा प्रत्याभुति गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित: १७ असार २०८१ १२:३३ सोमबार

#shanti bk #parliament #house #rape victims