राजनीति

कमिसन तन्त्र र भ्रष्टाचार सङ्घदेखि प्रदेशसम्मै बढेर गयो:अध्यक्ष उपेन्द्र यादव

फाइल तस्बिर

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताएका छन्।

आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को  राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले कमिसन तन्त्र र भ्रष्टाचार सङ्घदेखि प्रदेशसम्मै बढेर गएको बताए।

अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक संस्थाहरू बिस्तारै प्रभावहीन हुँदै गएको बताए ।उनले लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गर्दै दलको शासन दल तन्त्र र नेताको शासन नेता तन्त्र हुँदै स्वेच्छाचारी तन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको बता । उनले नेपालको शिक्षा प्रणाली ध्वस्त भएको प्रमाणित भएको बताए। सरकार जनताका समस्या समाधानका लागि भन्ने कुरा हुन छोडिसकेको बताए।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको बताए।अहिले लोकतन्त्रको खतरा राजनीतिक दलहरू भित्रबाट नै रहेको बताए ।

प्रकाशित: १६ असार २०८१ १५:४८ आइतबार

#CPN (Unified Socialist) #Janata Samajwadi Party Nepal President Upendra Yadav