राजनीति

पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकता गरौँ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै कम्युनिस्टहरूको निम्ति एकताको आधार पुष्पलाल हुनसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले पुष्पलालको चर्चा गर्दा गम्भीर हुन आवश्यक रहेको बताए।

उनले अन्त गएर केन्द्रित हुन खोजे कम्युनिस्टहरू सबैलाई एक ठाउँमा ल्याउन कठिन रहेको बताए।उनले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोसिस गर्न आग्रह गरे।प्रधानमन्त्री दाहालले पुष्पलालमा केन्द्रित भएर गरिएको एकता दिगो, दर्शन, सिद्धान्त, राजनीतिक उद्देश्य र निष्ठामा आधारित हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालले पुष्पलालको बारेमा पुनः एक पटक अध्ययन हुन, चिन्तन मनन गर्न आवश्यक रहेको बताए। उनले दोष जति अरुको थाप्लोमा हालेर आफू दूधले नुहाएको भन्ने प्रवृत्तिले कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन नदिएको धारणा पनि राखे। 

प्रकाशित: १५ असार २०८१ १७:४३ शनिबार