राजनीति

पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग

फाइल।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन्।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्।

‘पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनुभएको छ। पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ।’ उनले भने।

माक्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको बताउँदै अहिले सन्तानका रुपमा नेपालमा धेरै कम्युनिष्ट पार्टीहरु रहेको उनले सुनाए। सामन्तवादको बिरुद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरु बिरुद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतित ‍गरेकाे उनले स्मरण गरे।

उनले भने ‘पुष्पलालले दुई वटा प्रवृत्तिको बिरुद्धमा निरन्तर संघर्ष गर्नुभएको छ। त्यो नेपालको राजनीतिमा कहिल्यै नबिर्सिने कुरामा रहन्छ ।’ 

पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति भएकाे कुरामा सबै कम्युनिष्टहरु सहमत रहेको उनकाे भनाइ थियाे। महासचिव चन्दले कम्युनिष्टहरुलाई अहिले पनि घेराबन्दी रहेको सुनाए।

प्रकाशित: १५ असार २०८१ १६:१७ शनिबार