राजनीति

नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुन्छ: घनश्याम भुसाल

फाइल तस्बिर <div><br></div>

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुने बताएका छन्।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले आफूहरूले समस्या समाधान गर्नुपर्ने कुराहरूलाई ध्यानमा राखेर कार्यक्रमहरु ल्याउने बताए।

उनले समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने प्रतिवद्धता जनाए।उनले विगतमा असाधारण वाम विकल्प रहेको र अहिले भत्किएको भन्दै त्यसलाई समेत जोड्ने गरी नेतृत्व चयन हुने बताए। 

महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजवादी कार्यक्रमलाई बोक्ने शक्ति निर्माण गर्ने बताए। महासचिव भुसालले पार्टीको महाधिवेशनबाट पारित दस्ताबेजले दशकौँसम्म कम्युनिस्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने बताए । 

प्रकाशित: १५ असार २०८१ १३:५७ शनिबार

#CPN (Unified Socialist) #General Secretary Ghanshyam Bhusal