राजनीति

भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह

नेकपा एमालेका सांसद ठाकुर प्रसार गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको सोमवारको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो धारणा राखेका हुन। उनले मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको जिकिर गरे।

उनले माथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुपर्छ भोलि आउनुस् जस्ता स्वरहरूले आम सेवाग्राहीलाई आजित बनाइरहेको बताए।सांसद गैरेले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनेले निजामती सेवा क्षेत्र कति समस्याग्रस्त भन्ने कुरा स्पष्ट हुने बताए। 

प्रकाशित: १० असार २०८१ १४:०९ सोमबार

#parliament meeting #Thakur Prasad Gaire #MP of CPN UML