राजनीति

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न: अभियुक्तको लोकेसन भन्ने भगाउने नियत हो ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिबी राईको ‘लोकेसन पत्ता लागिसकेको छ’ भन्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिको आलोचना गरेका छन्।

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै महामन्त्री शर्माले गृहमन्त्री लामिछानेको उक्त अभिव्यक्तिको चर्को आलोचना गर्दै प्रश्नको वर्षा गरेका हुन्।

‘असार ६ गते गृहमन्त्रीजीले चितवन पुगेर मलेसियाका गृहमन्त्री सैफुद्दिन इस्माइलसँग सम्पर्कमा छु। र, जिबी राईको लोकेसन पत्ता लागिसकेको छ। सभामुख महोदय प्वाइन्ट टु बि नोटेड,’ उनले भने,‘एउटा फरार अभियुक्त कहाँ छन् भनेर एउटा देशले खोजीरहेको बेलामा अर्को देशको गृहमन्त्रीले हामीले लोकेट गरिसक्यौं भनेर भन्छन्।’

सामाजिक सञ्जाल चलाउन मलेसियाका गृहमन्त्रीलाई पनि आउने भन्दै महामन्त्री शर्माले भने, ‘सामाजिक सञ्जालमा नेपालको गृहमन्त्रीसँग कुरा भएको लेख्छन् तर, गोपनीयता खोल्दैनन्।’ गृहमन्त्री लामिछाने भने राजपत्रमा लेख्न बाहेक मिडियामा बिस्कुन लगाउने गरी अघि बढेको महामन्त्री शर्माले टिप्पणी गरे।

गोरखा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार९जिबी राई० छन् अर्को एक जना गृहमन्त्री भएको कुरा संसारलाई थाहा भएको बताउँदै महामन्त्री शर्माले अगाडि भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै रहेका गृहमन्त्रीले गिरफ्तार गर्नुछ। त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने के यो नयाँ शैली हो ? केटाकेटी पन हो या भगाउने नियत हो ?’

प्रकाशित: ९ असार २०८१ १२:४९ आइतबार

#Rabi_Lamichha #Bishowprakash shrma