राजनीति

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ। प्रतिनिधि सभाको बैठक अघि संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान १०ः३० बजेका लागि बोलाइएको छ।

बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ। त्यसकारण माओवादी केन्द्रले आफ्ना सांसद्हरूलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाउने सम्भावना रहेको बताइएको छ।

प्रकाशित: ९ असार २०८१ ०९:०२ आइतबार

#maorist #samsadiya dal