राजनीति

कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छ: उपाध्यक्ष सापकोटा

पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन।उनले मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा बनाइ वृहत् वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको जानकारी दिए। 

उपाध्यक्ष सापकोटाले  कम्युनिष्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको जिकिर गरे। उनले वामपन्थी एकीकरणले सरकार र देश चल्दैन भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्ण रुपमा खारेज गर्नुपर्ने बताए ।

उनले नेपाली जनता वामपन्थीहरूलाई मन पराउने मात्रै नभई फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहिरहेको बताए।नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका सापकोटाले समाजवाद भनेको गरिबी नभई सबैका लागि समृद्धि भएको बताए। 

प्रकाशित: ८ असार २०८१ १८:२३ शनिबार

#Agni Prasad Sapkota #CPN (Maoist Center) #Former Speaker