राजनीति

नेपालका कम्युनिष्ट कम्युनिष्ट भन्छन्,पुँजीपतिसंग मिल्छन् :विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले नेपालका कम्युनिष्टहरु आफूलाई कम्युनिष्ट भन्ने तर पुँजीपतिहरुसंग मिल्ने गरेको आरोप लगाएका छन्।

वरिष्ठ इन्जिनियर राजदाश श्रेष्ठको आत्मकथा सक्वका राजदाश पुस्तकको शुक्रबार भक्तपुरमा भएको सार्वजनिकीकरण कार्यक्रममा विजुक्छेंले गाउँको माया गर्छु भन्ने सहरमा आएर बस्ने, देशको माया गर्छु भन्ने विदेश गएर बस्ने गरेको आरोप लगाए ।

नेकपा एमालेप्रति विशेष लक्ष्य राख्दै उनले एमाले जमिन्दारको पार्टी भएको आरोप लगाए । उनले भने, एमालेका सबै नेताहरू जमिन्दार हुन्।

फरक प्रसंगमा उनले आफू वामपन्थी साहित्य पढेर कम्युनिष्ट भएको खुलाए।उनले समाजवाद समाजवाद भनेर समाजवाद नआउने त्यसका लागि समाजवादी साहित्य पढ्नुपर्ने, समाजवादी देशहरू घुमेर जानकारी पाउनुपर्ने खाँचो औँल्याए।

पुस्तक पत्रकार समाज नेपालले प्रकाशन गरेको हो। पुस्तकका लेखक राजदासले केही महिना अगाडि आत्म हत्या गरेका थिए । पुस्तक प्रकाशन गर्ने उनको इच्छालाई साकार रुप दिँदै पत्रकार समाज नेपालले पुस्तकको प्रकाशन गरेको हो। स्वर्गीय राजदास वैज्ञानिक पनि हुन् 

प्रकाशित: ७ असार २०८१ २०:३४ शुक्रबार

#Nepal Labor Farmers Party #Narayanaman Vijukshe #Autobiography Sakvaka Rajadash Book