राजनीति

दाहालको दाबी–कांग्रेस र एमालेभित्रको समस्या पनि मैले समाधान गर्दिन्छु

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेभित्रको समस्या पनि आफैले समाधान गर्ने गरेको दाबी गरेका छन्। 

शुक्रबार माओवादी केन्द्रनिकट नेपाल बुद्धिजिवी सङ्गठनको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्।

‘राजनीतिक दलहरू कहिले यता, कहिले उता पनि भन्छन्। तर मैले पार्टी आन्दोलन देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दलहरू, बाहिर र सदन भित्र भएकाहरूलाई पनि संयोजन गर्ने कुरा गरिरहेको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘कहिले कहीँ त मलाई यस्तो लाग्छ, मैले नेपाली कांग्रेस, नेकपा एमालेलाई पनि अरु पार्टीलाई पनि संयोजन गर्ने, उहाँहरू भित्रको समस्या पनि मैले नै समाधान गरिदिनुपर्ने जस्तो गरी मैले काम गर्नु परिरहेको छ। मैले गरिरहेको पनि छु।’

सोही कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी केन्द्रभित्र आफूप्रति हेर्ने दृष्टिकोण फेरिएकोमा पनि आशंका गरे। उनले भने, ‘कयौँ साथीहरूलाई लाग्छ, पार्टी नेतृत्वको हैसियतले नेतृत्वले के गरिरहेको छ रु पहिलाको जस्तै छ की अर्कै छ की रु बिग्रियो की, साँच्चै हो की होइन भन्ने खालले विभिन्न रुपमा तपाईँहरूको मनमा पनि मुख्य नेतृत्वप्रति पनि प्रश्न उठ्छन् होला । बेस्सरी आलोचना हुँदा नमिठो लाग्छ होला।’

प्रकाशित: ७ असार २०८१ १२:२६ शुक्रबार

#KP Sharma Oli #puspakamal dahal #Sher Bahadur Deuba