राजनीति

रास्वपाको दोस्रो स्थापना दिवस आज

राष्ट्रिय स्वतन्त्र पार्टीले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसको  अवसरमा रास्वपाले आज दिउँसो १ बजेदेखि पार्टी केन्दिय कार्याल वनस्थलीमा चियापान समारोहको आयोजना गरेको छ।

पार्टी स्थापना भएको दोस्रो वर्ष पुग्दा रास्वपा प्रतिनिधि सभामा २१ सिटका साथ चौथो ठूलो दल बनिसकेको छ।

रास्वपाले पार्टी स्थापना दिवसको अवसरमा गत वर्ष पनि चियापान समारोह गरेको थियो। रास्वपाको चियापानमा विभिन्न राजनीतिक दलका नेताहरुलाई बोलाइएको छ।

प्रकाशित: ७ असार २०८१ ०८:४० शुक्रबार

#rastriya swatantra party #RSP