राजनीति

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँछौंः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षबाट सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने बताएकी छिन्।

बिहीवार विनियोजित मन्त्रालयत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन्। उनले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भइसकेको बताइन्।

उनले यसलाई थप व्यवस्थित गर्न सरकारले विधेयक तर्जुमालाई अन्तिम चरणमा पु¥याएको बताइन्। उनले नेपालको प्रचलित कानून र सामाजिक सदभाव सामाजिक वातावरण माथि प्रतिकुल असर नपर्ने गरी सञ्चालन हुने कुनैपनि सामाजिक प्लेटफर्मप्रति सरकारको आग्रह÷पूर्वाग्रह नगरेको बताइन्।

मन्त्री शर्माले सामाजिक सञ्जाल, युट्युवको व्यवस्थिति अभिलेख र नियमित अनुगमनको कार्य प्रेस काउन्सिल नेपालबाट भइरहेको बताइन्। उनले आम नागरिकमा गुणस्तर र सुलभ इन्टरनेट सेवा पु¥याउने काम भइरहेको उल्लेख गरिन्। मन्त्री शर्माले अहिल दुई वटा मोबाइल सेवा प्रदायक र ११५ इन्टरनेट प्रदायक दर्ता भएर सेवा दिइरहेको भन्दै देशभर गुणस्तरिय सेवा पु¥याउन आवश्यकता अनुसार पूर्वाधार निर्माण थप गर्ने कार्य अघि बढेको बताइन्।  

प्रकाशित: ६ असार २०८१ १८:०० बिहीबार

#Rakha Shrma