राजनीति

एमालेलाई सांसद ढकालको प्रश्न: भ्यूटावर बनाउने पैसाले कतिवटा स्टेडियम बन्थ्यो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले भ्यूटावर बनाउने पैसाले कतिवटा स्टेडियम बन्थ्यो भन्दै प्रश्न गरेका छन्। 

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ढकालले खर्वौँको भ्यूटावर, असरल्ल बन्दा स्टेडियम बनाउन किन नसकेको भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘एमालेका माननीयज्यूहरूलाई अलिकति सुन्दिन आग्रह गरेँ, यो देशमा स्टेडियम बनाउने पैसा हुँदैन। युवा र खेलकुदका लागि अर्थमन्त्रीले बजेट दिनुहुँदैन। अलि पहिला तपाईँहरूको पालामा देशैभरि बनेको भ्यूटावर हेरौँ तरु कति वटा बन्थ्यो स्टेडियम रु खर्वौँको भ्यूटावर, असरल्ल छ। त्यति अनुत्पादक क्षेत्रमा खर्च गरेर दुई वटा स्टेडियम बनाउन नसक्दाखेरि तपाईँहरूले सदनमा आएर भन्नुपर्छ भ्यूटावरवाला कन्सेप्ट गलत थियो, हामीले स्टेडियम बनाउनपर्थ्यो भनेर।’

प्रकाशित: ५ असार २०८१ १४:३६ बुधबार

#Hari Dhakal