राजनीति

जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि ,पत्रकार, ठेकेदारहरू मिलेर लुटे:सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरू मिलेर लुट गरिरहेको बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले यस्तो कुरा बताएका हुन।उनले किश्वरदास र चतुर्भुज गिरीले जनकपुरको निर्माण प्रक्रिया सुरु गरी मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय बिघा जग्गा दान दिएर जनकपुरमा २ कुटी र ७२ कुण्ड सहरको रुपमा निर्माण भएको बताए।

सांसद झाले तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरेको जानकारी गराए। उनले जनकपुर गुठीको जग्गामा सबै स्थानीय प्रशासन जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरू मिलेर त्यहाँका जग्गाको लुट गरिरहेको भन्दै यसमा सरकारको ध्यान जना आवश्यक रहेको धारणा राखे। 

प्रकाशित: ५ असार २०८१ १४:०७ बुधबार

#National Independence Party #Janakpur Guthi