राजनीति

सबै कवाडी बालेन शाहको घर र महानगर अगाडि लगेर थुपारौँ: अमरेशकुमार सिंह

प्रतिनिधि सभाका सांसद डा.अमरेशकुमार सिंहले सबै कवाडी काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको घर अगाडि लगेर थुपार्न कवाडी सङ्घलाई आग्रह गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मेयर शाहले सिकाएको कुरालाई नै सिक्दै सबै कवाडी उनको घर र महानगर अगाडि लगेर थुपार्न सङ्घलाई आग्रह गरेका हुन्।

उनले भने, 'काठमाडौं महानगरकै मेयर बालेन्द्र शाहले नै सिकाएका छन् काम भएन भने कार्यालयको अगाडि लगेर फोहोर मिल्काउने। म यो संसदबाटै कवाडी सङ्घलाई आग्रह गर्न चाहान्छु, सबै फोहोर मेयर बालेन शाहको अगाडि र महानगरको अगाडि लगेर थुपारौँ। त्यसको लागि हामी साथमा छौँ।'

प्रकाशित: ५ असार २०८१ १२:३५ बुधबार

#Dr. Amaresh Kumar Singh #Mayor Balen Shah