राजनीति

मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिड्न आग्रह गरेकी छिन्। 

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको अभिव्यक्ति दिएको सुनेर आफूलाई दुःख लागेको बताइन। उनले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नु राम्रो नभएको बताइन । उनले मन्त्री भएर राम्रो काम गर्न नसके राजीनामा दिएर निस्कन आग्रह पनि गरिन। 

उनले भनिन – ‘गृहमन्त्रीलाई अस्ति एनजिओको खाजा खानुभएन त्यसको लागि म धन्यवाद दिन चाहन्छु । र गृहमन्त्रीले सय दिनको समीक्षा गर्नुभयो, त्यसमा के भन्नुभयो भने राम्रो काम गरेको छैन भने केही नराम्रो काम पनि गरेको छैन। त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु। कुनै मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको सुनेर मलाई दुःख लाग्यो। त्यो राम्रो कुरा होइन। यदि हामी मन्त्रिपरिषद्मा छौँ भने राजीनामा लिएर नहिँडौँ । मन्त्री भएर बसौँ । राम्रो काम गरौँ । काम राम्रो गर्नु छैन भने राजीनामा दिएर निस्कौँ। खल्तीमा लिएर नहिँडौँ । कोही मन्त्री होस् । कुनै पार्टीको मन्त्री होस्।’

उनले राजदूतको पदलाई राजनीतिक भागबण्डा गर्नु नहुने बताइन। उनले उपराष्ट्रपतिको पदलाई राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारीमा ल्याउन संविधान संशोधन गर्नुपर्ने बताइन। 

प्रकाशित: ४ असार २०८१ १६:०६ मंगलबार

#Meeting of the House of Representatives #Janata Samajwadi Party (JSP) #MP Ranjukumari Jha