राजनीति

प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ: सांसद पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका छन्।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका हुन।उनले गृह मन्त्रालयको नेतृत्वले भनेको कुनै पनि काम नहुने स्थिति बनेको बताए।

उनले सार्वजनिक जग्गादेखि लिएर सुशासन कायम गर्ने सन्दर्भमा गृह मन्त्रालयले स्पष्टता प्रस्तुत गर्न नसकेको धारणा राखे । सांसद प्रदीप पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजनले आर्थिक अनुशासनको पालना नगरेको बताए।

उनले विगतका सरकारहरू र मन्त्रीका कारणले वर्तमान व्यवस्थामाथि टीकाटिप्पणी भइरहेको बताए। सांसद पौडेलले योजना छनौट र बजेट विनियोजनप्रति आफ्नो गम्भीर प्रश्न रहेको बताए। 

प्रकाशित: ४ असार २०८१ १४:४२ मंगलबार

#Nepali Congress #Parliament meeting #MP Pradeep Paudel