राजनीति

संसद बैठक बस्दै, आज यी मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

यस्तो छ आजको संसदको कार्यसूचीः 

प्रकाशित: ४ असार २०८१ ०७:३९ मंगलबार

#Samsad #house #ministry of home #ministry of foreign