राजनीति

अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छ: महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताएका छन्।

शनिवार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तर संवादमा बोल्दै महासचिव चन्दले आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताएका हुन।

उनले आगामी आर्थिक वर्षको बजेटको सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आलोचना गरिरहेका भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भनी प्रश्न गरे। उनले १२ खर्बको राजश्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नदेखिएको धारणा राखे।

उनले सरकारमा सहभागी मान्छेहरूको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने देखिएको पनि टिप्पणी गरे।महासचिव चन्दले देशलाई आत्मनिर्भर अर्थतन्त्रको दिशामा लानुपर्ने बताए।

उनले आफूहरू सरकारसँग मिलेर काम गर्न चाहेको भन्दै सरकारले मद्दत गरेमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने र परिणाम आउने गरी कृषि क्षेत्रबाट योगदान गर्ने बताए । 

प्रकाशित: १ असार २०८१ १६:२५ शनिबार

# Netravikram Chand #communist party of nepal