राजनीति

बहस नसकिएपछि कोशी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा

कोशी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको छ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा परेको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

अब यो मुद्दाको अर्को सुनुवाइ असार ९ मा हुने छ।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई २६ वशाखमा स्वत पदमुक्त गर्दै  सोही उपधारा अनुसार २७ वैशाखमा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि तत्कालीन मुख्यमन्त्री केदार कार्कीले नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।  

प्रकाशित: ३१ जेष्ठ २०८१ १८:५६ बिहीबार

#suprim court #Koshi province