राजनीति

कांग्रेसले गिरिबन्धु टि स्टेटका बारेमा गलत प्रचार गरेर ‘स्यालहुँइया’ मच्चायोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन्।

बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा एमाले देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले एमालेमाथि आक्रमण गरिरहेको बताए। उनले राम्रा काम गर्न नदिन अनर्गल प्रचार प्रसार गरिरहेको बताए।

उनले पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोढ टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गरे। उनले अहिले गिरिबन्धु टि स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको बताए।

कानून, नियम बिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टि स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको उनको अरोप छ। उनले वैचारिक संघर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताए।  

प्रकाशित: ३१ जेष्ठ २०८१ १७:०४ बिहीबार

#kp oli #congress Giribandhu Tea State