राजनीति

जसपा नेपालको अध्यक्षमा यादव निर्विरोध

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।

जनकपुमा जारी जसपा नेपालको एकता राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्विरोध निर्वाचित भएका हुन्।

केही बेर अघि अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन समितिले नयाँ नेतृत्व छनोटका लागि बुधवार भएको उम्मेदवारी दर्ता प्रक्रियामा अध्यक्ष पदमा यादव बाहेक कसैको पनि मनोनयन नपरेका कारण उनी निर्विरोध निर्वाचित भएको जनाएको छ।

अध्यक्ष बाहेक २०१ केन्द्रीय सदस्य र १९ जना पदाधिकारी चयनका लागि बुधवार अपराह्न ४ बजे मतदान हुनेछ। निर्वाचनबाट सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चयन गरिने छ।

प्रकाशित: ३० जेष्ठ २०८१ १३:४१ बुधबार

#Upendra Yadav #jasapa_nepal