राजनीति

नेपालको नुन खाएर विदेशी नागरिकता लिने कर्मचारीलाई कारबाही होस: रघुजी पन्त

सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपाल सरकारको जागिर खाँदाखाँदै विदेशी नागरिकता लिने कर्मचारीलाई कारबाही गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पन्तले सरकारको जागिर खाएर विदेशी नागरिकता लिने विशिष्ट श्रेणीका कर्मचारी पनि रहेको र उनीहरुलाई कारबाही गर्नुपर्ने बताएका हुन्।

उनले भने, 'पिआर भएका कर्मचारीको दोहोरो नागरिकता छ कि छैन भनेर अख्तियारले लेखेको चिठी प्रधानमन्त्री कार्यालयमा रोकिएको छ रे। नेपाल सरकारको नुन खाँदाखाँदै विदेशीको नागरिकता लिन पनि रहर लाग्ने महानुभाव को रहेछन् त्यो हामीले चिन्न पाउनुपर्‍यो। त्यो अख्तियारको कारबाहीमा प्रशासनले छिटो कारबाही गरेर संसदलाई जानकारी दिइयोस्।’

प्रकाशित: ३० जेष्ठ २०८१ १२:१० बुधबार

#Raghujee Pantha