राजनीति

राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

राष्ट्रिय सभामा राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन पेस भएको छ।

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, २०७९/८०, सभामा पेस गरेकी हुन । त्यस्तै प्रधानमन्त्री दाहालको तर्फबाट नै सञ्चारमन्त्री शर्माले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९/८० पेस गरिन । 

प्रकाशित: २९ जेष्ठ २०८१ १५:५९ मंगलबार

#National Assembly meeting