राजनीति

बेवारिसे यातायातका साधनहरुको तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनुपर्छः सांसद गैरे

नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरुको बिक्री वितरण गर्न सरकारसँग माग गरेका छन्। 

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले देशभर बिगे्रर बसेका सवारी साधनहरुको तत्काल बिक्रीवितरण गरी त्यसबाट आउने रकमको सदुपयोग सम्बन्धि विशेष कार्यक्रम ल्याउन सरकारसँग रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए। 

सांसद गैरेले वातावरणलाई प्रदुषित गर्ने ढंगले अर्वाैको सवारी साधनहरुलाई बेवारिसे अवस्थामा सरकारले राख्न नमिल्ने बताए।

उनले भने, ‘सरकार कार्यालयमा दर्जनौं गाडीहरु बेवारिसे अवस्थामा देखिन्छन्। त्यसले वातावरण प्रदुषण र सुन्दरतामा र अर्वौको सम्पत्ति क्षति भइरहेको छ। यो देशको अर्वाै सम्पत्तिको क्षति कहिलेसम्म हेरेर बस्ने हो ? सभामुख महोदय। म सभामुख महोदयमार्फत स्पष्ट रुलिङ सरकारलाई होस भन्ने चाहन्छु। देशभरी बिग्रेर बसेका यातायातका साधनहरु तत्काल मूल्यांकन गरी, त्यसको बिक्रीवितरण गरी त्यसबाट आउने रकमको सदुपयोग हुनेगरी एउटा विशेष कार्यक्रमको घोषणा गर्ने हिसावले सरकारको प्रस्तुतिका लागि रुलिङ होस। म माग गर्न चाहन्छु।’

सांसद गैरेले सरकारी कार्यालयलाई विग्रेर सवारी साधनहरु थन्क्याउने ठाउँको रुपमा विकास गर्न नहुने बताए। 

प्रकाशित: २९ जेष्ठ २०८१ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App