राजनीति

गण्डकीमा फ्लोर क्रस गरेका देवकोटालाई निलम्बन गर्छौं: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले गण्डकी प्रदेशमा फ्लोर क्रस गरेका नेकपा (माओवादी केन्द्र) का सांसद फणिन्द्र देवकोटालाई निलम्बन गर्ने बताएका छन्।

सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले स्वभाविक रुपमा पार्टीले ह्विप जारी गरिसकेको भन्दै संविधान र कानूनको मर्म विपरीत फ्लोर क्रस गरेकालाई निलम्बन गर्ने बताए।

उनले भने, ‘जसले संविधान र कानूनको मर्म विपरीत फ्लोर क्रस गरेकालाई त स्वभाविक रुपमा पार्टीले ह्विप जारी गरिसकेको थियो। कारबाही हुन्छ। निलम्बन हुन्छ।’

प्रकाशित: २८ जेष्ठ २०८१ १९:५५ सोमबार

#Pushpa Kamal Dahal