राजनीति

मधेसमा मन्त्रिपरिषद् विस्तार, जनमतबाट बने दुई मन्त्री

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। जनमत पार्टीको भागमा परेका दुई मन्त्रालयमा मुख्यमन्त्री सिंहले मन्त्री नियुक्त गरेका हुन्।

वन तथा वातावरण मन्त्रीमा त्रिभुवन साह नियुक्त भएका छन् भने सकिल मियाँ विना विभागीय मन्त्री नियुक्त भएका छन्।

साह सिराहा ४ (१) बाट निर्वाचित भएका थिए। त्यस्तै मियाँ सप्तरी १ (१) बाट निर्वाचित  भएका थिए।

बिना विभागीय मन्त्री बनाइएकी रञ्जु मण्डल खंगलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। नवनियुक्त दुवै मन्त्रीको शपथको तयारी भइरहेको छ।

प्रकाशित: २७ जेष्ठ २०८१ १७:२४ आइतबार

#Madhes Province #Satish Kumar Singh