राजनीति

प्रधानमन्त्रीसँगै फर्किँदै फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूत शर्मा

भारतका लागि नेपालका राजदूत डा. शंकर प्रसाद शर्मा भोलि नेपाल फर्किँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएर उनी भोलि प्रधानमन्त्री पुष्पकमल दहालसँगै फिर्ता हुने बताइएको छ।

सरकारले बिहीवार भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

डा. शर्मा २०७८ चैत ६ मा भारतका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए।

प्रकाशित: २७ जेष्ठ २०८१ १०:३१ आइतबार

#shankar_sharma #prachanda ##Pushpa_Kamal_Dahal #embassador