राजनीति

आज र भोलिका लागि तय गरिएको संसद बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधि सभाको आज र भोलिका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ।

सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले आज र भोलिका लागि तयर भएको दुई दिनको संसद बैठक स्थगित गर्ने निर्णय गरेको हो। आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो। अब २९ गतेदेखि नियमित छलफल हुने बताइएको छ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए।

प्रकाशित: २७ जेष्ठ २०८१ ०९:५५ आइतबार

#parliament #Samsad #Devraj Ghimire