राजनीति

एमालेसँग एकता हुन्न, अर्को समाजवादी मोर्चा बन्छः नेपाल

नेकपा एकीकृत समाजवादी(नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् । शनिबार पार्टीको कोशी प्रदेश कमिटीद्वारा आयोजित  प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विगतको कुरा छोडेर कुनै समीक्षा नभएसम्म एमालेसँग एकताको सम्भावना नरहेको बताएका हुन्।

‘हिजोको कुरा पनि बिर्सौं ठिक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन,’ अध्यक्ष नेपालले भने,‘विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किनभने चाहना त हुनुपर्छ नि।’ अहिले मोर्चा बनाएर सँगै जाऔँ भन्ने प्रस्ताव आएको उनले बताए । ‘समाजवादी मोर्चाका संयोजक विप्लव९नेत्रविक्रम चन्द० सकारात्मक हुनुहुन्छ, प्रचण्ड९प्रधानमन्त्री पुष्पकमल दाहाल, अशोक राई, महिन्द्रराय यादव समूह पनि सकारात्मक देखिनुभएको छ,’अध्यक्ष नेपालले भन ।  

उपेन्द्र यादवलाई पनि सोध्ने प्रयासमा रहेको पनि उनले बताए । अगाडि भने,‘हामी छिटै अर्को समाजवादी मोर्चा पुनःगठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौँ।’

प्रकाशित: २६ जेष्ठ २०८१ १५:५६ शनिबार

#Madhav Kumar Nepal #CPN Unified Socialists (NCP S)