राजनीति

सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

पूर्व मुख्यसचिव लिलामणी पौडेलको संयोजकत्वमा गठित 'गृह मन्त्रालय अन्तरगतका निकायहरूका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समिति' ले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ।

शुक्रबार समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो।

समितिले मन्त्रालय र मातहत निकायको कार्य सम्पादन सुधार गर्न कर्मचारीको कार्य क्षमता तथा वृत्ति विकासका र संगठन तथा व्यवस्थापन समेत समावेश गरिएको यस प्रतिवेदनमा उल्लेख गरेको छ।

उक्त विषयमा तत्काल र दीर्घकालमा लागू गर्न सकिने कार्य योजनाहरू पनि प्रस्तुत गरेको समितिले जनाएको छ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले कार्यदलले आफूलाई प्राप्त जिम्मेवारी भित्रका विषयमा गहन अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन तयार गरेकोमा धन्यवाद दिए।

उनले प्रतिवेदनका आधारमा गृह प्रशासन सुधारको मार्गचित्र तयार गरिने र सो बमोजिम सुधारका कार्यहरू अधि बढाइने बताए। 

मन्त्रालय अन्तरगतका निकायहरूका सेवालाई प्रभावकारी बनाउन सुझाव सहितको प्रतिवेदन तयार गर्ने उद्देश्यले लागि २०८० साल कार्तिकमा समिति गठित भएको थियो।

प्रकाशित: २५ जेष्ठ २०८१ १९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App