राजनीति

मनसुनजन्य विपद्का लागि गृहमन्त्री लामिछानेले मागे दलहरुसँग स्वयंसेवक

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरुसँग प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भुमिका गर्ने व्यक्तिहरुको विवरण माग गरेका छन्।

बिहीवार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलहरुसँग विपद्मा स्वयंसेवा गर्ने व्यक्तिहरुको विवरण माग गरेका हुन्।

उनले मनसुनजन्य विपद्मा स्वयंसेवकहरुको आवश्यक पर्ने उल्लेख गर्दै दलहरुले आफ्नोतर्फबाट कति स्वयंसेवक दिनसक्छन् ? सोही अनुसार मन्त्रालयले योजना बनाउने बताए। उनले दलहरुले दिने जनशक्तिमध्ये कति जना विपद्मा राहत, उद्धारमा अनुभव भएका हुन्छन्, सो कुरा पनि खुलाउन आग्रह गरे। उनले राजनीतिक दलहरुको संगठन सबैतिर हुने भन्दै सो संगठनलाई विपद् व्यवस्थापनमा लगाउँदा प्रभावकारी हुने पनि बताए।

उनले भने, ‘सम्पूर्ण राजनीतिक दलहरुलाई एउटा प्रस्ताव म के राख्न चाहन्छु भने आउँदै गरेको मनसुनजन्य विपद्का लागि गृह मन्त्रालयले स्वयंसेवकको रुपमा तपाईको राजनीतिक दलबाट कति संख्यामा साथीहरुको अपेक्षा गर्नसक्छौँ होला? तिमध्ये कति राहत, उद्धारमा अनुभव भएका हुनुहुन्छ होला भन्ने कुराको डिटेल यो महिनाको अन्त्यसम्म प्राप्त हुन सक्यो भने हामीले बनाउने योजनामा त्यसको असाध्यै ठूलो भुमिका हुन्छ। त्यो यसपटकका लागि मात्रै हुन्छ। असोज १९ सम्मका लागि सम्पूर्ण राजनीतिक दलहरुले हामीले अपेक्षा गर्नसक्ने यहाँहरुले भन्ने वित्तिकै उपलब्ध गराउन सक्ने जनशक्ति बारे जानकारी गृह मन्त्रालयलाई दिनुभयो भने एकीकृत रुपमा गर्न खोजेको योजनाको लागि मद्दत हुनजान्छ।’

प्रकाशित: २४ जेष्ठ २०८१ १७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App