राजनीति

सन्दीप लामिछानेको भिसाको सम्बन्धमा सरकारको जवाफ चाहियो: सांसद ईश्वरीदेवी न्यौपाने

क्रिकेटर क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्न जान खोज्दा आयोजक राष्ट्रले अमेरिकाले भिसा नदिएपछि दुवै देशलाई असर पर्ने खालको नकारात्मक खालको टिप्पणी आइरहेकाले यस बारेमा सरकारबाट वास्तविकताका बारेमा जानकारी गराउन सांसद ईश्वरीदेवी न्यौपाने माग गरेकी छिन। 

उनले आज प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै यसको वास्तविकताका बारेमा परराष्ट्र मन्त्री र खेलकुद मन्त्रीले सदनमा जानकारी गराउन माग गरेकी हुन । 

अमेरिका र वेष्टइण्डिजमा जारी  आइसिसी टी– २० विश्वकपमा सहभागी हुन दुई दुई पटक आवेदन दिँदा पनि सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आईरहेका छन । 

१० वर्षपछि आइसिसी टी– २० विश्वकप पुनरागमन गरेको नेपाली टोलीले आफ्नो पहिलो खेलमा मंगलबार नेदरल्याण्ड्संग ६ विकेटले पराजित भएको थियो । नेपाल आइसिसी टी– २० विश्वकपको समूह डी छ । यस समूहमा दक्षिण अफ्रिका ,श्रीलङ्का , बङ्गलादेश र नेदरल्याड्स रहेका छन । 

प्रकाशित: २४ जेष्ठ २०८१ १३:०९ बिहीबार

#Sandeep Lamichhane #सन्दीप लामिछाने #तिनिधि सभा