राजनीति

विपद् व्यवस्थापनमा राज्य संवेदनशील हुन सकेन: सभापति पन्त

विकास,आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले विपद् व्यवस्थापनमा राज्य संवेदनशील हुन नसकेको बताएकी छिन्।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारमा विपद् व्यवस्थापन गर्ने प्रतिवद्धता हुनुपर्ने बताएकी हुन । उनले विपद् व्यवस्थापन गर्ने प्रतिवद्धता सरकारमा हुने हो भने हेलम्बु, मेलम्ची लगायतका विपद् जोखिम स्थानका बासिन्दाहरूले दुःख भोग्नु नपर्ने बताइन।

उनले हेलम्बु र मेलम्चीमा अझै पनि जोखिम भएकाले बस्ती स्थानान्तरण गर्न आवश्यक रहेको बताइन।उनले दिगो विकासको लक्ष्य पूरा गर्ने गरी अघि बढ्न जोड दिइन ।सभापति पन्तले विज्ञहरूले समस्या केलाउने मात्र नभई समाधानका उपायहरू पनि दिन सुझाव दिइन।

उनले  जलवायु परिवर्तनकै कारण मेलम्चीमा बाढी गएको हो भन्ने कुरामा सबैको एकमत हुनसके नेपालले जलवायु परिवर्तनसम्बन्धी वित्त कोषबाट मेलम्चीका लागि पनि केही सहायता प्राप्त गर्ने बताइन । उनले सबैले एक सूत्रीय हिसावले अघि बढ्न सके जलवायु वित्त प्राप्त गर्न कठिन नहुने बताइन । उनले द्वन्द्व व्यवस्थापनमा सरकारले बढी जोड दिनुपर्ने र मेलम्ची र हेलम्बुका नागरिकलाई वर्षा याममा कहाँ जाने भन्ने डरबाट मुक्ति दिनुपर्ने बताइन।


 

प्रकाशित: २२ जेष्ठ २०८१ १३:०६ मंगलबार

State could not be sensitive in disaster management: Speaker Pant विपद् व्यवस्थापनमा राज्य संवेदनशील हुन सकेन: सभापति पन्त