राजनीति

प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती सुरु गरौँः सांसद यादव

नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्रराय यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका छन्। सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका हुन्। 

उनले सांसदहको अग्रसरतामा प्रत्येक निर्वाचन क्षेत्रमा १० बिगाहामा सामुहिक खेती गर्न सकेमा यसले किसानहरुलाई पनि चेतना दिने बताए।

उनले ‘यो बजेटमा नेपाली जनतालाई प्रत्येक खेतमा सिंचाईको व्यवस्था भइदियो भने सम्पूर्ण नेपाली जनताको हातमा काम हुन्छ। यसले मुलुकलाई समृद्धिको बाटोमा अगाडी बढाउँछ। सबै सांसद आफ्नो निर्वाचन क्षेत्रमा पहाड र तराई, मधेस एउटा–एउटा आफ्नो निर्वाचन क्षेत्रमा १० बिघाहामा सामुहिक खेतीको विकास गर्नसक्यौँ भने यसले सबैलाई चेतना दिन्छ।’

सांसद यादवले रासायनिक मलका कारण माटोको उर्वराशक्तिमा ह्रास आइरहेको भन्दै जैविक मलको प्रयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २१ जेष्ठ २०८१ १४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App