राजनीति

गृहमन्त्री लामिछानेविरूद्धको रिटमा सर्वोच्चले माग्यो प्रहरीमा परेको जाहेरी

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरूद्धको रिटमा प्रहरीमा दर्ता भएको जाहेरी झिकाउन आदेश दिएको छ।

आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी झिकाउन आदेश दिएको हो।

इजलासले दुवै पक्षलाई जेठ २८ गते अन्तरिम आदेश जारी गर्नेरनगर्ने भन्ने विषयमा छलफल गर्नका लागि बोलाएको छ। 

सहकारीको बचत अपचलनमा लामिछानेलाई ‘क्लिन चिट’ दिइएको महान्यायाधिवक्ता कार्यालयको पत्र असंवैधानिक र गैरकानुनी भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए।

प्रकाशित: २० जेष्ठ २०८१ १७:३० आइतबार

#Rabi_Lamichhane