राजनीति

बयलपाटा अस्पतालका लागि तत्काल बजेटको व्यवस्था गर्नुपर्छः सांसद कुँवर

नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सरकारले बजेट नदिँदा सो अस्पताल बन्द हुने अवस्थामा पुगेको सरकारले यही असार मसान्तभित्र बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर सांसद कुँवरले आम नागरिकलाई निःशुल्क उपचार गराईरहेको सो अस्पताको नौ करोड बजेट कटौति गर्ने काम सरकारले गरेको भन्दै आक्रोश व्यक्त गरे। 

उनले सरकारले बाढी, पहिरो, आगलागिबाट हुने क्षतिका लागि राहतको व्यवस्था गर्न पनि ढिलाई गर्न नहुने बताए।

सांसद कुँवरले भने, ‘बयलपाटा हस्पिटल बन्द हुने अवस्थामा पुगेको छ। अछाममा निःशुुल्क उपचार गराईको सो अस्पतालमा सरकारले नौंकरोड बजेट नदिँदा त्यहाँ कर्मचारी तलव खान नपाउने अवस्थामा पुगेका छन्। त्यसकारण तत्काल सो अस्पतालमा असार मसान्त भित्र बजेटको व्यवस्था गर्न म सरकारसँग माग गर्न चाहन्छु।’

सांसद कुँवरले देशभरमा आगलागीबाट ठूलो क्षति भएपनि पीडितलाई राहत दिने कुरामा सरकारले ध्यान नदिएको गुनासो पनि गरे। 

प्रकाशित: २० जेष्ठ २०८१ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App