राजनीति

गृहमन्त्रीको निर्णय अनुसार २५ सहसचिवकाे सरुवा, १६ जिल्लाका सीडीओ फेरिए

गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार गृह मन्त्रालयले २५ सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ।

मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा तथा ९ सहसचिवहरुकाे पदस्थापन गरेको हाे।

विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओ र ९ सहसचिवहरुकाे जिम्मेवारी हेरफेर गरिएकाे हाे।

विपद् प्राधिकरणमा रहेका सहसचिव भरतमणि पाण्डेलाई कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। कास्कीका प्रजिअ वासुदेव घिमिरेलाई गृहमा ल्याइएको छ।

गृहका रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअ, तीर्थराज सिलवाललाई मकवानपुरको प्रजिअ, विष्णुप्रसाद कोइरालालाई पाँचथर, राजेन्द्रदेव पाण्डेलाई धादिङ, सूर्यप्रसाद सेढाइँलाई मकवानपुरबाट काभ्रेपलाञ्चोक, रुद्रादेवी शर्मालाई काभ्रेबाट बर्दियाको प्रजिअमा सरुवा गरिएको छ। 

यस्तै सुनसरीका प्रजिअ जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभाग, इलामका प्रजिअ इन्द्रदेव यादवलाई चितवन, चितवनका प्रजिअ भूपेन्द्र थापालाई सिन्धुपाल्चोक र पाँचथरका प्रजिअ मेखबहादुर मग्रातीलाई सप्तरीमा पठाइएको छ।

काे कँहा ? हेर्नुहोस् सुची :

प्रकाशित: १६ जेष्ठ २०८१ २१:०२ बुधबार