राजनीति

कांग्रेसको आन्तरिक राजनीतिले वार्तामा सहमति जुट्न सकेनः महेश बर्तौला

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धि संसदीय छानबिन समितिको गठन हुन नसकेको बताएका छन्।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा संसदीय छानबिन समिति बनाउन निर्माण गरिएको वार्ता समितिका सदस्य बर्तौलाले कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले सो कार्यादेश निर्माणमा सहमती जुटाउने प्रयास गरेपनि महामन्त्री गगन थापा पक्ष त्यसमा भाँड्ने गरी वार्तामा बस्ने गरेको जिकिर गरेका हुन्।

उनले कांग्रेसको महामन्त्री पक्षले मुलुकको राजनीतिलाई द्वन्द्वतर्फ लैजाने गरी राजनीतिलाई भड्काउने काम गरिरहेको आरोप लगाए। प्रमुख सचेतक बर्ताैलाले कांग्रेसका महामन्त्री पक्षको व्यवहार र गतिविधिले सो कार्यदलले पनि सहमति जुटाउन नसकेको बताए। उनले संसदीय छानबिन समिति बनाएर सहकारी प्रकरणमा दोषी भेटिए गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नेकुरामा एमाले दृढ रहेको स्पष्ट पारे।  

प्रकाशित: १४ जेष्ठ २०८१ १७:५९ सोमबार

#uml #Mahesh_Bartaula