राजनीति

प्रतिपक्षीको अवरोध पछि संसद बैठक स्थगित, अर्को बैठक आइतवार बस्ने

प्रतिपक्षी दल नेपाली कांग्रेससहितको अवरोध पछि शुक्रवारका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

निर्धारित समयभन्दा झन्डै डेढ घन्टा ढिलोगरी सुरु भएको बैठकमा प्रतिपक्षी कांग्रेससहितका प्रतिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

सभामुख घिमिरेले प्रतिपक्षी दलका सदस्यहरूलाई संसदलाई नियमित सुचारु गरिदिनका लागि बारम्बार आग्रह गरेपनि प्रतिपक्षीले विरोध जनाइरहे।

उनले प्रतिपक्षी दलको सहयोग नभएका कारण शुक्रवारको बैठक स्थगित गर्दै अर्को बैठक आइतवार जेठ १३ गते ११ बजे बस्नेगरी स्थगित भएको बताए।

प्रकाशित: ११ जेष्ठ २०८१ १२:४४ शुक्रबार

#parliament #Nepali Congress #house