राजनीति

श्रममन्त्री अर्यालको सम्पत्ति: सुन १५० तोला, १२ ठाउँमा जग्गा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले आफूसंग १५० तोला सुन रहेको उल्लेख गरेका छन्।

उनले सार्वजनिक गरेको विवरण अनुसार १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ। २०७४ सालअघि सुन ८२ लाख, २० हजारमा खरिद गरेको उनले बताएका छन्।

विभिन्न १२ ठाउँमा जग्गा रहेको विवरण उनले सार्वजनिक गरेका छन्। त्यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड बढी नगद बैंक तथा सहकारीमा जम्मा गरेको पनि उनले उल्लेख गरेका छन्।

यस्तो छ विवरण:

प्रकाशित: ८ जेष्ठ २०८१ १६:३६ मंगलबार

#DP Aryal