राजनीति

एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन्। नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणाम अनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाए।

शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो। कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी भए।

उनले तीन सय १३ मत प्राप्त गरे। उनी लुम्बिनी प्रदेश सरकारको सामाजिक विकासमन्त्री समेत हुन्।

सचिवमा बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गरी विजयी भए भने उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिए।

कूल चार सय ६६ मतदाता रहेकोमा चार सय ५८ मत खसेको थियो।

प्रकाशित: ७ जेष्ठ २०८१ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App