राजनीति

प्रधानमन्त्री साह्रै बिजी हुनुहुन्छ, हामी तमासा हेर्दैछाैँ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन्।

शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ। राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला। हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो, हेर्छौँ हामी यी सबै घटनालाई नियालिरहेका छौं। अवलोकन गरिरहेका छौं’, उनले भने।

अध्यक्ष नेपालले देशमा स्थायित्व होस् र कम्युनिस्टहरुबीच एकता र समझदारी बनोस् भन्ने आफ्नो चाहना रहेको बताए। राजनीति कतातिर जान्छ भन्ने चिन्ता लागेको पनि अध्यक्ष नेपालले सुनाए। 

प्रकाशित: ५ जेष्ठ २०८१ १६:०३ शनिबार