राजनीति

कांग्रेसलाई रास्वपा सांसद झाको आग्रह: माग के हो लेटरहेडमा लिखितरूपमा ल्याउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आफ्नो माग लिखितरूपमा लिएर वार्ता गर्न आउन आग्रह गरेका छन्।

शुक्रवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले संसदीय छानविन समिति गठनको सन्दर्भमा कांग्रेसको पदाधिकारीहरु पिच्छे फरक धारणा आएकाले पार्टीको आधिकारिक धारणा ल्याउन भनेका हुन् । 

उनले कांग्रेसका नेताहरुसँग छलफलका लागि बस्दा नेतापिच्छेको फरक–फरक धारणा आउने गरेको भन्दै नेताहरुको मौखिक अभिव्यक्तिलाई विश्वास गर्न गाह्रो भएको बताए।

उनले रास्वपासँग केही माग भएमा लिखित रुपमा लेटरहेडमा लिएर आउन आग्रह गरे। सांसद झाले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको ३ वटा सहकारीको मात्रै छानविन नगरी सरकारले संकटग्रस्त भनेर घोषणा गरेको १६ वटा सहकारीको छानविन गर्नेगरी समिति बनाउनुपर्ने बताए।

प्रकाशित: ४ जेष्ठ २०८१ १७:४५ शुक्रबार

#Manish Jha #Rabi_Lamichhane #Raswapa