राजनीति

प्रतिनिधिसभा बैठक स्थगित, दलहरू आ-आफ्नै अडानमा

दलहरू आ-आफ्नै अडानमा कायम रहेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । 

आइतबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ।  

आज बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक सहमतिको प्रयास जारी रहेको भन्दै दुई बजेलाई सारिएको थियो। तर सो पछि पनि दलहरूबीच सहमति जुट्ने सम्भावना कम भएपछि बैठक सूचना टाँसेर आइतबारसम्मका लागि सारिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल  र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुखले बैठक स्थगित गरेको सचिवालयले जनाएको छ। सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ। हिजो सांसदबीच धकेलाकेलको अवस्था समेत बनेको थियो।

प्रकाशित: ४ जेष्ठ २०८१ १५:०५ शुक्रबार

#House of Representatives