राजनीति

राष्ट्रिय सभा बैठकमा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ। बैठकको सुरुमै कांग्रेस सांसद्हरु सिटबाट उठेर बैठक अवरुद्ध गरेका हुन्।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ।

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले बैठक भोलीसम्मका लागि बैठक स्थगित गरेका छन्। अर्को बैठक भोलि दिउँसो १ बजेका लागि घोषणा गरिएको छ। 

प्रकाशित: ३ जेष्ठ २०८१ १६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App