राजनीति

बागमती प्रदेशसभा संसदीय समिति सभापतिको निर्वाचन शनिबार हुने

बागमती प्रदेशसभा सचिवालयले संसदीय समितिको सभापति निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

सभामुख भुवनकुमार पाठकको निर्देशनमा सचिवालयले बिहीबार एक सूचना प्रकाशित गर्दै प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

प्रदेशसभा नियमावली ९पहिलो संशोधन० २०७४ को अनुसूची– ३ बमोजिम, सम्बन्धित समितिको सभापतिमा उम्मेदवार बन्न सोही समितिका एक सदस्यको समर्थनमा प्रस्ताव दर्ता गर्नुपर्नेछ।  

निर्वाचन कार्यतालिका अनुसार, सभापति पदका लागि मनोनयन दर्ता शुक्रबार दिउँसो सुरु हुनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ हुनेछ। मतदान भने जेठ ५ गते शनिवार हुनेछ।

सम्बन्धित समिति सचिवालयले मतदानका लागि फरक फरक समय निर्धारण गरेका छन्। प्रदेश मामिला समिति सभापति र सार्वजनिक लेखा समिति सभापतिको मतदान शनिवार दिउँसो २ बजेदेखि, अर्थ तथा विकास समिति सभापतिको मतदान दिउँसो साढे १२ बजेदेखि, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति र उद्योग, पर्यटन तथा वातावरण समिति सभापतिको मतदान शनिबार अपराह्न दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ।

निर्वाचित समितिका सभापतिहरूको शपथ ग्रहण भने जेठ ६ गते बिहान साढे १० बजे हुने प्रदेशसभा सचिवालयको कार्य तालिकामा उल्लेख छ।

प्रकाशित: ३ जेष्ठ २०८१ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App