राजनीति

राष्ट्रिय सभाको बैठक साढे ४ बजेका लागि बोलाइयो

फाइल तस्बिर

राष्ट्रिय सभाको बैठक अपराह्न ४ः३० बजे बस्ने भएको छ। यसअघि अपराह्न १ः१५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो।

बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ। 

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ।

प्रकाशित: ३ जेष्ठ २०८१ १३:३७ बिहीबार

#Rastriya_Sava #national_assembley